ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाललेसातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको जानकारी दिएकी छिन् ।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले उक्त जानकारी दिएकी हुन् । साथै, गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने पनि बताइन्। विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको पनि उनको भनाइ थियो।
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्याउन पनि आफू क्रियाशील रहेको पनि बताइन् । सिँचाइको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनको भनाइ थियो ।































प्रतिक्रिया