पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय कोरोना महामारीको समयअवधिमा पनि बैंकहरुमा नाफा बढेकाले बैंकहरुको स्प्रेडदर घटाउनु पर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा अन्र्तगतको अर्थसमिति बैठकमा संकटको अवस्थामा पनि बैंकहरुले नाफा बढाएकाले स्प्रेडदर घटाउनु पर्ने बताएका हुन्। उनले पछिल्लो समय ऋणको ठूलो हिस्सा पनि काठमाडौंमा मात्रै केन्द्रित भएको बताएका छन्।
बैठकमा पूर्वप्रधानमन्त्री डा.भट्टराईले व्यापारिक क्षेत्रमा मात्रै धेरै ऋण गएको भन्दै अब उत्पादनमूलक क्षेत्रमा ऋणको प्रवाह बढाउनु पर्ने बताए।
तर उक्त छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक ब्याजदर तोक्ने विषयमा हस्तक्षेप गर्न नहुने बताएका छन्। उनले बैंकको पनि आफ्नै व्यवसाय गर्ने तरिका भएकोले हस्तक्षेप गर्न नहुने बताएका छन्।
पाण्डेले ब्याजदर तोक्ने जिम्मा बजारलाई नै छोड्नुपर्ने र कर्जा र निक्षेपको अन्तरबारे बैंकको नाफा, संचालन खर्च, कर्मचारी सेवा सुविधालगायत विषय बुझेर मात्र धारणा बनाउनुपर्ने बताएका थिए।
तर डा.भट्टराईले बैंकको पक्षमा बोलेको भन्दै पाण्डेलाई सर्वसाधारण जनताको पक्षमा बोल्नु भयो की बैंकको पक्षमा भन्दै पाण्डेलाई प्रश्न गरेको थिए।





























प्रतिक्रिया