राज्यमन्त्री श्रेष्ठ, व्यापारी सुमार्गीसहित ५२ व्यक्ति र संस्थाले तिरेनन् घरजग्गा र सम्पत्ति कर

राज्यमन्त्री श्रेष्ठ, व्यापारी सुमार्गीसहित ५२ व्यक्ति र संस्थाले तिरेनन् घरजग्गा र सम्पत्ति कर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र व्यापारी अजय सुमार्गीसहित ५२ व्यक्ति र संस्थाले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको जनाएको छ।

महानगरले आइतबार राज्यमन्त्री श्रेष्ठ सुमार्गी सहित ५२ करदाताहरूलाई कर बुझाउन पटक–पटक पत्र पठाउँदा पनि अटेर गरेको सूचनामा जनाएको छ ।

महानगरलाई कर नतिर्नेको २३ नम्बर सूचीमा बालाजुस्थित जनमैत्री अस्पताल रहेको छ। जुन अस्पतालमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको समेत लगानी रहेको छ । अस्पताल राज्यमन्त्री श्रेष्ठसहितका अन्य लगानीकर्ताले सञ्चालन गर्दै आएका छन्। तर स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारीमा पुगेपछि आफू संलग्न व्यवसायबाट हात झिकेको दाबी गर्दै आएका छन् ।

त्यस्तै, केही समय अगाडिसम्म लामो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बसेका शिशु अर्यालको नाममा रहेको घरको कर व्यवसायी सुमार्गीले नतिरेको जनाइएको छ । शिशु अर्याल सुमार्गीकी श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी) की ठूलोबुवाकी छोरी हुन्। सुमार्गीले उक्त घर तथा बानेश्वरस्थित घरजग्गाको करसमेत नबुझाएको सूचनामा उल्लेख छ । 

करीब एक दशकअघि नवलकिशोर अग्रवालबाट शिशु अर्यालको नाममा यो घर किनिएको थियो। यो घर किन्न गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो लगायतले शिशु अर्यालको नाममा रहेको बैंक खातामा रकम पठाएको राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइले २०६८ साउनमा फेला पारेको थियो।

त्यतिबेला आयस्रोत नखुलेको ६ करोड ६२ लाख तिरेर घर खरीद गरिएको थियो। शिशु अर्यालकै नाममा रहेको मिनभवनस्थित अल इन मार्टले पनि राजस्व नबुझाएको महानगरको सूचनामा उल्लेख छ।

काठमाडौँ महानगरको ३० दिने सूचना

महानगरले आइतबार सूचना जारी भएको मितिले ३० दिनभित्र घरजग्गा तथा सम्पत्ति कर र जरिवाना नबुझाए सम्पत्तिसमेत रोक्का गर्ने चेतावनी दिएको छ।

 महानगरलाई कर नबुझाउनेको सूचीमा गोपीकृष्ण मुभिज प्रालि, बरुण वेभरेज, जय नेपाल हल, नक्सालको इम्पेरियल अपार्टमेन्ट, अम्बे समूहको अम्बे कम्प्लेक्स, होटल मर्स्याङ्दी, रञ्जना ट्रेड सेन्टर, चेम्बर भवन, केएल टावर, सिटी सेन्टर, नेपाल विद्धुत प्राधिकरण आदि संस्थाले पनि महानगरलाई कर बुझाएका छैनन्।

घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिदै राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ । 

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । 

कर नतिर्ने नाम सार्वजनिक गरिएका करदाताहरु 
क्रसं    करदाताको नाम    वडा नं    ठेगाना
१    रविन्द्र बहादुर मल्ल    १    लालदरबार
२    दिव्य शम्सेर जवरा    १    दरवारमार्ग
३    जय नेपाल हल         १           दरवारमार्ग
४    इम्पेरियल अपार्टमेन्ट    १    नक्साल
५    कान्तिपुर होटल    १           दरवारमार्ग
६    शिशु अर्याल    २           लाजिम्पाट
७    होटल ग्याङ्गजोङ्ग  (हाल ले हिमालय)    २ लाजिम्पाट
८    सिटी होटल्स     २        लाजिम्पाट
९    शुभकामना हाउजिङ डेभलर्पस प्रालि    ४ भाटभटेनी
१०    ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ्ग ह्याडस) ७ चावहिल
११    गोपीकृष्ण मुभिज प्रालि    ७    गोपीकृष्ण नगर
१२    झिग्मी सिग्मी पर्वल विष्ट    ७    चुच्चेपाटी
१३    काठमाडौं जेसिस    ११    थापाथली
१४    खाद्य संस्थान    ११    थापाथली
१५    सिग्नेचर अपार्टमेन्ट    १२    टेकु
१६    अम्बे कम्प्लेक्स    १२    टेकु
१७    टाउन डेभलोपर्स प्रा।लि।    १२    टेकु
१८    राजेन्द्र कुमार कांवरा    १३    रेडक्रस मार्ग
१९    ब्लु बर्ड ईन्भेष्टमेन्ट    १३    रेडक्रस मार्ग
२०    होटल प्लाटिनियम    १३    सोल्टीमोड
२१    बुद्ध मल    १६    माछापोखरी
२२    सिद्धार्थ बनस्थली स्कुल    १६    बनस्थली
२३    जनमैत्री अस्पताल    १६    बालाजु चोक
२४    ब्याट्री कारखाना    १६    बालाजु
२५    होटल मर्स्याङ्दी    १६    ठमेल
२६    ह्वाईट फिल स्कूल    १७    खुसिवु, नयाँबजार
२७    प्रदीप, उदय र विजय रत्न ताम्राकार २०
२८    आदर्श नगर बिजनेश प्रालि २२पिपुल्स प्लाजा
२९    बसुन्धरा तुलाधर     २२    न्यूरोड
३०    रञ्जना ट्रेड सेन्टर    २२    न्यूरोड
३१    केशा प्रोपर्टिज प्रालि    २२    न्यूरोड
३२    बैशाली होटल प्रालि    २६    ठमेल
३३    नेपाल स्काउट    २६    लैनचौर
३४    साझा भण्डार    २७    भोटाहिटी
३५    राष्ट्रिय नाचघर    २७    जमल कान्तिपथ
३६    चेम्बर भवन    २७    जमल कान्तिपथ
३७    कर्मचारी संचयकोष भवन    २७    ठमेल, त्रिदेवीमार्ग
३८    नेपाल रेडक्रस सोसाइटी    २८    प्रदर्शनी मार्ग
३९    नेपाल विद्युत प्राधिकरण    २८    पुरानो बसपार्क
४०    नेशनल ट्रेडिङ्ग लिमिटेड    २८    रामशाह पथ
४१    नेपाली जामे मस्जिद    २८    दरवारमार्ग
४२    प्रवीण बहादुर केसी     ३०    शान्ता प्लाजा, ज्ञानेश्वर
४३    मैतीदेवी प्लाजा            ३०    मैतीदेवी
४४    भरत गिरी (युनिभर्सल स्कूल)३०     मैतीदेवी
४५    गगन विर सिंह कंसाकार    ३०    पुतलीसडक
४६    के।एल।टावर          ३०     ज्ञानेश्वर
४७    एपोलो प्रालि          ३०      मैतीदेवी
४८    सिटी सेन्टर          ३०      कमलपोखरी
४९    अजय राज सुमार्गी पराजुली    ३१    बानेश्वर
५०    शिशु अर्याल ९अल इन मार्ट०    ३१    मिनभवन
५१    वरुण वेभरेज प्रालि    ३२    पेप्सीकोला 
५२    रिद्धिसिद्धि डेभलपर्स    ३२    तीनकुने

Logo