सबै तहका कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागु हुने

सबै तहका कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागु हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले कर्मचारीहरुको नयाँ तलबमान तय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका सबै कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो। 

त्यस्तै सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

Logo