कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त


नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। 

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । जस अनुसार घिसिङलाई नियुक्त गरिएको हो । घिसिङको पदबहाली आज हुने स्रोतले जानकारी दिएको छ । 

प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्‍मा यससम्बन्धी प्रस्ताव लगेकी थिइन्। 

गत वर्ष भदौ २९ गते कुलमानको पहिलो कार्यकाल सकिएको थियो । त्यसपछि उनलाई नै दोहोर्याउने विषयमा तत्कालिन सरकारले बेवास्ता गरेपछि कुलमान बाहिरिएका थिए । उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरिएको थियो।

Logo