श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर छः विष्णु पौडेल

श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर छः विष्णु पौडेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताएका हुन्। उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताए। उनले ०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताए। नेता पौडेलले कोभिड अवधिको तथ्यांकको सहारा लिएर ०७५/०७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको उल्लेख गरे।

उनले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानूनी व्यवस्था गरेको बताउँदै राजस्वले चालु खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ठ अवस्थामा देश रहेको बताए। उनले ऋण नलिने विकास नगर्ने नभएर ऋण लिने र विकास पनि गर्ने बताए।

उनले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भएपनि जानकारी पत्रको तथ्य र निष्कर्ष भने परस्परमा विरोधाभाष भएको बताए। तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बताइएको भन्दै उनले अघिल्लो सरकारले भन्दा लोकप्रिय बजेट प्रस्तुत गर्न चुनौती दिए।

उनले अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको स्मरण गराउँदै त्यो भन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौती दिए।

Logo