कस्तो आउला मौद्रिक नीति?, राष्ट्र बैंकले आज सार्वजनिक गर्दै

कस्तो आउला मौद्रिक नीति?, राष्ट्र बैंकले आज सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आज मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी गरिएको जानकारी दिए।

उनका अनुसार आज बेलुकासम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरि तयारी राष्ट्र बैंकले गरेको छ। साउन पहिलो सातामा नै सार्वजनिक गर्ने तयारी गरे पनि नयाँ सरकार परिवर्तन भएसँगै रोकिएको थियो।

सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट परिमार्जनपछि मात्रै मौद्रिक नीति ल्याउन निर्देशन दिएकाले रोकिएको थियो।

यस वर्ष पनि कोरोना महामारीका कारण व्यापार व्यवसाय, उद्योगधन्दा तहसनहस नै रहेकाले व्यवसाय निरन्तरताको लागि यसपालिको मौद्रिक नीतिले पुराना धेरै कार्यक्रमलाई नै निरन्तरता दिने भएको छ।

मर्ज तथा एक्वीजिसनका लागि बाध्यात्मक कुनै व्यवस्था नगरी पहिलेका प्रोत्साहनमूलक व्यवस्थालाई नै निरन्तरता दिइने राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ।

राष्ट्र बैंकले यसअघि निर्देशनमार्फत असल कर्जामा ‘प्रोभिजन’को दर सामान्य बढाइसकेको छ। 

त्यस्तै, कोरोना प्रभावित व्यवसायीलाई केही राहत प्रदान हुनेगरी नीति आउने स्रोतले जनाएको छ। साउन महिनामै बैंकिङ प्रणालीमा तरलताको अभाव चर्किएकाले मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा गरिएको छ।

Logo