त्रिभुवन विमानस्थल हाताभित्र आफन्तको बिदाइ कार्यक्रम गर्न रोक

त्रिभुवन विमानस्थल हाताभित्र आफन्तको बिदाइ कार्यक्रम गर्न रोक

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको भन्दै त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र वैदेशिक यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम गर्न रोक लगाएको छ।

शुक्रबार त्रिभुवन विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल हाताभित्र भिडभाड कम गर्न र बिदाई कार्यक्रम नगर्न आग्रह गरेको हो। त्यस्तै, अत्यावश्यक काम बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ।

विमानस्थलमा आवतजावत गर्दा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नसमेत कार्यालयले आग्रह गरेको छ। शरीरको तापक्रमको मापन गरेर मात्र टर्मिनल भवनभित्र प्रवेश गर्न र सेनिटाइजरको प्रयोग अनिवार्यरुपमा गर्नसमेत भनिएको छ ।

लाइनमा बस्दा भिडभाड नगर्न, तोकिएको मार्किङ/सांकेतिक पाइला पच्छ्याउन र अन्य स्थानमा रहँदासमेत भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ । कोभिड महामारी बढ्दै जाँदा विमानस्थलमा हुने अधिक भिडभाडले समेत कोरोनाको जोखिम बढ्ने देखिएको छ।

Skip This
Logo