राष्ट्र बैंकको लापरबाही, समय अगावै मौद्रिक नीति संचार माध्यममार्फत सार्वजनिक

राष्ट्र बैंकको लापरबाही, समय अगावै मौद्रिक नीति संचार माध्यममार्फत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लापरबाही गरेको छ। राष्ट्र बैंकका संचालक समितिका सदस्यले कानुन विपरित आफू अनुकूलका मिडियालाई मौद्रिक नीति बाहिर दिएको खुलेको छ।  

आज सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले मौद्रिक नीतिबारे सूचना चुहाएका छन्।

राष्ट्र बैंकका संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ। उक्त दफा अनुसार राष्ट्र बैंकका संचालकले पदीयरुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्नु हुँदैन। तर राष्ट्र बैंकले संचालकले आफ्नो पदीय मर्यादा विर्सदै मौद्रिक नीतिको विषयवस्तु नै केही संचार माध्यमलाई उपलब्ध गराएका हुन्। 

तर राष्ट्र बैंकमा रहेका संचालक मध्ये कसले सूचना चुहाएको भन्ने खुल्न सकेको  छैन। राष्ट्र बैंकमा ७ जना संचालक छन्। सार्वजनिक हुनु अगावै मौद्रिक नीतिको विषयवस्तु लिक भएको भन्दै मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी इम्शनले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै निकालेको छ।

Skip This
Skip This
Logo