नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे

नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका छन् । आज सम्पन्न २७ औँ अधिवेशनबाट पाण्डे सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि अध्यक्षमा नारायणबहादुर क्षेत्री रहेका थिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी र कोषाध्यक्षमा प्रभात रूंगटालाई चयन गरिएको छ।  

सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदीप प्रधान र गणेश पाठक चयन भएका छन्।  एपोन पदाधिकारीको कार्यकाल २ वर्षको हुन्छ। यो संस्थामा हाल ६६ जना सदस्य छन्।

Logo