शेयर धितो ऋण बढीमा १२ करोड, एउटै संस्थाबाट ४ करोड मात्र लिन पाइने

शेयर धितो ऋण बढीमा १२ करोड, एउटै संस्थाबाट ४ करोड मात्र लिन पाइने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमार्फत शेयर धितो ऋणको सीमा नै निर्धारण गरेको हो। राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा ६५ प्रतिशतको धितोको सीमालाई यथावत राखेको छ। राष्ट्र बैंकको निर्णयले शेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन्। 

शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै अब शेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने बताएका हुन्। 

यस्तो ऋण एक बैंकबाट बढीमा तीन करोड र सबै संस्था गरेर १० करोड रुपैयाँसम्म मात्र ऋण लिन पाइने व्यवस्था गरेको हो।

Logo