साताको पहिलाे दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज १ हजारले बढेको हो।
गत हप्ता आइतबार १ हजार ५ सयले घटेको थियो। सोमबार १ हजार रुपैयाँले घटेको थियो। मंगलबार २ सयले बढेको सुन बुधबार ४ सयले घटेको थियो। यस्तै बिहीबार ६ सयले बढेको थियो भने शुक्रबार ३ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।































प्रतिक्रिया