राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ७९ करोडः खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ७९ करोडः खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले यस अवधिमा  ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंयाँ रहेको थियो। यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकाले खुद मुनाफा घट्न गएको छ। 

आर्थिक वर्ष २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड (गत वर्ष ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड (गत वर्ष रु. १० अर्ब ७० करोड), संचालन नाफा रु. ५ अर्ब ९ करोड (गतवर्ष ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड रहेको छ । 

गतवर्ष  २ अर्ब ४८ करोड तथा वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड (गतवर्ष रु.४४ करोड ७७ लाख) रहेको छ । यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिका कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकाले वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ।

०७८ असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति रु.४४ अर्ब रुपैंयाँले वृद्धि भई रु. ३ खर्ब १० अर्ब पुगेको छ।

०७८ असार मसान्तसम्ममा पुँजीकोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी .४१.३२ रहेको छ।

चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ। 

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ।

Logo