शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, नेप्से २४.५७ अंकले घट्यो

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, नेप्से २४.५७ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय निरन्तररुपमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्थाको असर देखिएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेको छ। शेयर धितोमा कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र कर्जा पाउने सीमा तोकेको छ। मौद्रिक नीतिले यस्तो व्यवस्था गरेसँगै आइतबारको शेयर बजारमा उच्च गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक २४.५७ अंकले घटेर ३ हजार १५४.३४ अंकमा झरेको छ। गत बिहीबार नेप्से परिसूचक १६.३ अंकले बढ्दै ३ हजार १७८ अंकमा पुगेर अहिलेसम्मको रेकर्ड तोडेको थियो। 

तर आज कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ । आइतबार कारोबार रकम भने २१ अर्ब रुपैयाँ पुगेको छ। गत बिहीबार १७ अर्ब ५१ करोड रुपैंयाँ बराबरको किनबेच भएको छ।

आज कारोबारमा आएका २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ कारोबार भएको छ।

आज दुुईवटा माइक्रोफाइनान्स र लगानी उपसमूह बाहेक अन्य उपसमूह राताम्मे भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स, खानी खोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनआइविल प्रगति फण्ड, रिद्धि हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर र अपर तामाकोशीको शेयर मूल्य घटेको छ।

Logo