नबिल बैंक साढे ४ अर्ब नाफामा, खुद नाफा ३० प्रतिशतले वृद्धि

नबिल बैंक साढे ४ अर्ब नाफामा, खुद नाफा ३० प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

देशको पहिलो विदेशी संयुक्त लगानीको बैंक नबिलले गत आर्थिक वर्षमा खुद नाफा ३० प्रतिशतले वृद्धि गरेको छ। नबिल बैंकले ब्याज, कमिसनका साथै आफ्नो स्वामित्वमा रहेको शेयरहरुसमेत बेचेर नाफा बढाएको जनाएको छ।

बैंकले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुदा नाफा गरेको जनाएको छ। 

अघिल्लो वर्षको तुलनामा प्रोभिजनिङ भने घटेको छ। प्रोभिजनिङ २३ प्रतिशतले घटेर ६६ करोड रुपैयाँ मात्र गरेको छ। बैंकले ऋण बिस्तार करिब ३४ प्रतिशतले गरेर खुद ब्याज आम्दानी १०.६४ प्रतिशतले बढाएको छ भने फी, कमिसन तथा छुट आम्दानी १९.७३ प्रतिशतले बढाएको छ। निक्षेप परिचालन १७.१२ प्रतिशत गरेको छ।

बैंकले ग्राहकलाई एक खर्ब ९८ अर्ब ऋण र निक्षेप परिचालन २ खर्ब २३ अर्ब गरेको छ। बैंकको आधारदर ७.३२ बाट ५.८५ प्रतिशतमा आएको छ। ब्याज स्प्रेड एकदमै थोरै बढाएको छ। ३.७३ प्रतिशतको स्प्रेडलाई ३.७९ प्रतिशत पुर्याएको छ। बैंकको प्रति शेयर आम्दानी ३३.४ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ४०.६९ गुणा छ।

Logo