नेप्से परिसूचक ५.७५ अंकले बढ्यो, पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक ५.७५ अंकले बढ्यो, पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

केन्द्रबिन्दु
0
Shares

मौद्रिक नीतिको असरका कारण आइतबार करेक्सन देखिएको शेयरबजार सोमबार सामान्य वृद्धि भएको छ।

नेप्से परिसूचक ५.७५ अंकले बढेर ३ हजार १६०.०९ अंकमा पुगेको छ। आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँमा कारोबार भएको छ। 

जसमध्ये १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको शेयर मूल्य घटेको छ। साथै १२ वटा कम्पनीको शेयर मूल्य स्थिर भएको छ।

आज ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । जसमा जीवन विकास लघुवित्त , रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।

त्यस्तै सबैभन्दा बढी शेयर मूल्य घट्नेमा आइएफसी फाइनान्स, माउण्टेड इनरजी, युनिलाइफ इन्स्योरेन्स र नेपाल एसविआइ बैंक रहेका छन्। 

Logo