ग्लोबल आइएमई बैंकले महिलाहरुलाई सशक्त बनाउने प्रयासस्वरुप ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ ।
यसअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
यस अघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन मेरी उनीलाई मुद्धति बचत खाता संचालनमा ल्याएको थियो । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।































प्रतिक्रिया