सानिमा लाइफको कारोबार आजदेखि सुरु, प्रतिकित्ता ३०९ रुपैयाँ मूल्य तोकियो

सानिमा लाइफको कारोबार आजदेखि सुरु, प्रतिकित्ता ३०९ रुपैयाँ मूल्य तोकियो


सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। सूचीकृत भएसँगै विहीबारदेखि दोस्रो बजारमा सानिमा लाइफको शेयर कारोबार खुला भएको छ।

नेप्सेका अनुसार कम्पनीको २ करोड कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको कारोबार रेञ्ज पाएको थियो। 

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता  ३०९ कारोबार खुला भएको छ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गरेको छ।

Logo