२१० कम्पनीको शेयर मूल्य रातम्मे हुँदा, पाँच कम्पनीको मात्रै शेयर हरियाली

२१० कम्पनीको शेयर मूल्य रातम्मे हुँदा, पाँच कम्पनीको मात्रै शेयर हरियाली

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से परिसूचक) कारोबार सुरु भएको साढे दुई घण्टामा १ सय ४७ अंकभन्दा बढीले गिरावट भएको छ ।

कारोबार सुरु भएको साढे दुई घन्टा पुग्दा परिसूचक १ सय ४७ भन्दा बढीले घटिसकेको छ। १४७ अंक अर्थात् ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । 

पहिलो दुई घण्टा भित्र ५ प्रतिशतभन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ ।

यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ । अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ ।

आज कारोबारमा आएका २१५ कम्पनीमध्ये २१०  कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

५ कम्पनीको शेयर मूल्यमा भने हरियाली नै रहेको छ । जसमा सिटिजन्स मेचुण्ड फण्ड, मनकामना स्मार्ट लद्यु वित्त, एनआइविएल समृद्धि फन, सानिमा लाइफ इन्स्योरेन्स, सनराइज बैंक डिभेन्चरको शेयर मूल्य बढेको छ । 

Skip This
Skip This
Logo