नेप्से परिसूचक १०८ अंकले गिरावट, कारोबार रकम ११ अर्ब माथि

नेप्से परिसूचक १०८ अंकले गिरावट, कारोबार रकम ११ अर्ब माथि

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।

कारोबार सुरु भएको करिब दुई घण्टा अर्थात् १२ः५९ बजे शेयर बजारको नेप्से अघिल्लो दिनको तुलनामा पाँच प्रतिशतले अर्थात् १४७ अंकले घटेर ‘सर्किट ब्रेकर’ नै लागेको थियो। ४० मिनेट ब्रेक पछि खुलेको बजार केही सम्हालिएको थियो।

आज नेप्से कारोबार सुरु भएसँगै घट्दै गएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ। नेप्से परिसूचक १०८.२६ अंकले घटेर दुई हजार आठ सय १८. ७२ अंकमा सीमित भएको छ।

बजार बन्द हुँदा ३.७० अंकले घटेको हो। आज कारोबारमा आएका २१५ कम्पनीको दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्से परिसूचकका १३ उपसमूहमा बैंकिङ ४४, विकास बैंक ३९४, फाइनान्स २३९, होटल तथा पर्यटन १६१, जलविद्युत २१६, लगानी समूह ४, जीवन बीमा ५११, उत्पादन १७५, माइक्रोफाइनान्स १६२, निर्जीवन बीमा ५१९, अन्य ८३ र व्यापार समूह २१६ अंकले घटेका छन्। 

तर, आज सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्तको भने शेयर मूल्य बढेको छ। आज दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ।

नारायणी डेभलपमेन्ट, गुडविल फाइनान्स, जानकी फाइनान्स, अरुण काबेली, आइसीएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सीइडीबी हाइड्रोपावर, रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास, बेष्ट फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रो, एभरेष्ट इन्स्योरेन्स संस्थापक, पाँचथर पावर, दिव्यश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, पञ्चकन्या माइ हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपि पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य घटेको छ। 

गत भदौ २ गते शेयर बजारले नयाँ कीर्तिमानी ३ हजार १९८ अंक गरेको थियो। तर, भदौ २ पछि शेयर बजार निरन्तर रूपमा घट्दै गएको छ ।

Logo