कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ।  सोमबार १ सयले घटेको मूल्य आज स्थिर भएको हो। 

गत हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९१ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार २३० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo