नेप्से परिसूचक ७१.४३ अंकले बृद्धि, अधिकांश कम्पनीको सूचकमा हरियाली

नेप्से परिसूचक ७१.४३ अंकले बृद्धि, अधिकांश कम्पनीको सूचकमा हरियाली

केन्द्रबिन्दु
0
Shares

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार हरियाली छाएको छ। नेप्से परिसूचक उकालो लाग्दा अधिकांश कम्पनीको सूचकमा बृद्धि भएको छ।

नेप्से परिसूचक ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ अंकमा पुगेको छ । आज कारोबारमा आएका २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँमा कारोबार भएको छ।

यो दिनको कारोबारमा १८९ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज १३ उपसमूह मध्ये म्यूचुअल फण्डबाहेकका सबै उपसूचकमा वृद्धि भएको छ। आइतबार लगानीकर्ताको आकर्षण जलविद्युत्, फाइनान्स र विकास बैंकमा बढी देखिएको छ।

आज कारोबारमा राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर, नेपाल हाइड्रोपावर कम्पनी, लिबर्टी इनर्जी कम्पनी, छ्याङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा बढी गिरावट हुनेमा सिटिजन्स म्युचुअल फण्ड १ शीर्ष स्थानमा रहेको छ।  त्यसैगरी, रैराङ्ग हाइड्रोपावर र एनआईसी एशिया ग्रोथ फण्डको मूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

त्यसैगरी, कारोबारमा आएको विकास बैंकको परिसूचक ५.१३ प्रतिशत बढेको छ भने वित्त र उत्पादनमूलक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। 

Skip This
Skip This
Logo