‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ सेञ्चुरी बैंकको नयाँ बचत खाता

‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ सेञ्चुरी बैंकको नयाँ बचत खाता


सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम एकाउन्टको शुभारम्भ गरेको छ।

१ हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी गरिन्छ। 

नयाँ बचत खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध गरिएको छ। उक्त खातामा लकर सेवा र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकले आफूलाई सहज हुने बैंकको कुनै पनि शाखामा ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ नयाँ बचत खाता खोल्नेछन्।

उक्त खाता खोल्नका लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्नेछ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरू र ७ वटा एक्स्टेन्सन काउन्टर तथा  उपत्यका बाहिर १०३ शाखाहरू र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरि जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

Logo