असाेज १ देखि सुपथमूल्य पसल र ४ गतेदेखि नयाँ नाेट साट्न पाइने

असाेज १ देखि सुपथमूल्य पसल र ४ गतेदेखि नयाँ नाेट साट्न पाइने

केन्द्रबिन्दु
0
Shares

सरकारले विगत वर्षहरू जस्तै यस वर्ष पनि चार्डपर्व लक्षित सुपथमूल्य पसल संचालन गर्ने भएकाे छ। असाेज १ देखि काठमाडाैं उपत्यका र बाहिर यस्ता पसलहरू संचालनमा रहने बताइएकाे छ। 

यस्तै नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोटको सटही सुरु गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ।

राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट पठाउँदै छ।

नयाँ नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने बताइएकाे छ।

Skip This
Skip This
Logo