कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?


साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सोमबार ३ सयले बढेको सुन आज स्थिर रहेको हो। आइतबार ४ सयले घटेको थियो।

गत हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो। बिहीबार १ सयले घटेको थियो। यस्तै शुक्रबार १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

Logo