हावाहुरीसहित परेको पानीले तरकारी खेतीमा लाखाैंकाे क्षति

हावाहुरीसहित परेको पानीले तरकारी खेतीमा लाखाैंकाे क्षति

केन्द्रबिन्दु
0
Shares

हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको २५ लाख र संस्थाको २५ लाख गरि कूल ५० लाखको लागतमा गरिएको  गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए। तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पुर्याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए। पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए। एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन्। सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन्।

Skip This
Skip This
Logo