कालोबजारी गर्ने २६ पसललाई कारवाही गर्न महानगरको सिफारिस

कालोबजारी गर्ने २६ पसललाई कारवाही गर्न महानगरको सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवाही गर्न सिफारिस गरेको हो । कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामल लगायतका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा महानगरपालिकाले १ सय २९ मध्य २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यवहारमा भएको कसुरको आधारमा कारवाही गर्न विभागलाई लेखि पठाएको उपमेयर खड्गीले जानकारी दिइन् ।

उपमेयर खड्गीले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन् । यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उनले बताइन् ।

उपमेयर खड्गीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खू तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताइन् । उनीहरुले ४६ रुपैयाँमा खरिद् गरेको प्याज कृतिम अभाव सृजना गरी १ सय ३० रुपैयाँमा विक्रीवितरण गरेको उनले बताइन् । प्याजमा कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए । उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत प्रति केजी ६० रुपयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद् गर्न पाउने गरि विक्री गरेको थियो ।

Logo