रोशी गाउँपालिका र विन्धवासिनी साकोसबीच कृषि ऋणमा व्याज अनुदान सम्झौता

रोशी गाउँपालिका र विन्धवासिनी साकोसबीच कृषि ऋणमा व्याज अनुदान सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौ एवं काभ्रे जिल्लाभर कार्यक्षेत्र भई सदस्य, समूह र समुदायमा आधारित एशियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले रोशी गाउँपालिकामा व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रम विस्तार र प्रवर्द्धन गर्न  कृषि तथा पशुपालन ऋणमा व्याज अनुदान सहुलियत प्रदान गर्न गत आर्थिक वर्षदेखि रोशी गाउँपालिकासँग विन्धवासिनी साकोसले सम्झौता गरी कार्य प्रारम्भ गरेको थियो।

रोशी गाउँपालिका र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिबीच ०७७/ ७८ मा गरिएको सम्झौता अवधि गत  असारमा समाप्त भएको र  पुनः सम्झौता भए पश्चात आ.व. ०७८/७९ मा पनि कृषि ऋणमा व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको छ। यस सम्झौता पश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत व्याज अनुदान र बिन्धवासिनी साकोसबाट १ प्रतिशत व्याज छुट गरि ६ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्।

रोशी गाउँपालिका अध्यक्ष डि.वि लामा र विन्धवासिनी साकोसका अध्यक्ष प्रदीप थापाले हस्ताक्षर गरेको सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामा,  प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, योजना शाखा प्रमुख राम लामा,  बिन्धवासिनी साकोसका संचालक भिमबहादुर के.सी., भकुण्डे सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य राममणि हुमागाई र प्रमुख कार्यकारी अधिकृत के.वि लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Skip This
Logo