९ सयले बढ्यो सुनको मूल्य, कति छ आज?

९ सयले बढ्यो सुनको मूल्य, कति छ आज?


साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ९ सयले बढेको हो। 

आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले बढेको थियो।

गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो। यस्तै शुक्रबार १४ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज ३० रुपैयाँ बढ्दै एक हजार १६५ मा कारोबार भइरहेको छ।

Logo