काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको आजको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।
अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१७५ रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया