एक सातामा बैंकहरूले थपे ३८ अर्ब निक्षेप, तैपनि बैंकिङ प्रणालीमा तरलता अभाव

एक सातामा बैंकहरूले थपे ३८ अर्ब निक्षेप, तैपनि बैंकिङ प्रणालीमा तरलता अभाव

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक सातामा कर्मसियल बैंकहरूले ३८ अर्ब रुपैंयाँ निक्षेप थप गरेका छन्। तर, बैंकिङ प्रणालीमा भने तरलताको हाहाकार कायमै रहेको छ। 

निक्षेपको तुलनामा कर्जाको माग बढी तथा उच्च आयातले भएको शोधनान्तर घाटाका कारण अहिले बैैंक तथा वित्तीय संस्थामा पैसाको अभाव कायमै रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा असोज १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३९ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

बैंकहरूमा असोज ८ गतेसम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने ३९ खर्ब ३ अर्ब कर्जा लगानी रहेको थियो। 

वाणिज्य बैंकहरुले पछिल्लो एकसातामा मात्रै ३८ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ३९ अर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन्। सरकारले संसदबाट चालु आर्थिक वर्षको संशोधित बजेट पास नभएका कारण सरकारले खर्च गर्न सकेको थिएन। 

दशैंका लागि सरकारी कर्मचारीले पाउने तलब र दशैं भत्ता तथा पेन्सन होल्डर तथा सामाजिक सुरक्षा भत्ता निकासा भएको छ। यसले बैंकिङ प्रणालीमा तरलता केही बढाएपनि उच्चमागका कारण अभाव कायमै रहेको छ।

पछिल्लो समय उच्च आयातको कारण ७८ अर्ब रुपैयाँले निक्षेप घटेको थियो। उच्च आयात तथा रेमिट्यान्स नबढेका कारण साउन महिनामा शोधनान्तर घाटामा रहेको छ। भदौ महिनामा पनि आयात नघटेको हुँदा शोधनान्तर घाटा ५० अर्बभन्दा बढी हुने देखिन्छ।

राष्ट्र बैंकले उच्च आयातका कारण शोधानान्तर घटेको तथा रेमिट्यान्स नआएको भन्दै विदेशी मुद्रा सटहीमा कडाइ गरेको छ। यस्तै मरिच, छोकडालगायतको वस्तुको आयातमा एलसी नखोल्ने निर्णय गरेको छ।

Skip This
Skip This
Logo