नेप्से परिसूचक १८.५३ अंकले गिरावट

नेप्से परिसूचक १८.५३ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.५३ अंकले गिरावट आएको छ। गत साता तीन दिन लगातार बढेको नेप्से परिसूचक आइतबार गिरावट आएको हो।

कारोबारको सुरुवाती समयमा उच्च अंकले बढेको शेयर बजार विस्तारै करेक्सन हुँदै कारोबारको अन्तिममा आएर १८.५३ अंकले गिरावट आएर २ हजार ६६२.५८ अंकमा सिमित भएको छ।

आज कारोबारमा आएका २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८० रुपैंयाँमा कारोबार भएको छ। 

यसमध्ये ६५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ। साथै ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ।

नेप्सेको १३ उपसमूह मध्ये म्यूचुअल फण्ड, जीवन बीमा कम्पनी, फाइनान्सबाहेक सबैमा गिरावट देखिएको छ। 

लघुवित्त संस्थाहरुले राम्रो लाभांश वितरण गर्ने प्रस्ताव गर्दासमेत यो सूचक ओरालो लागेको छ। आज सपोर्ट माइक्रोफाइनान्स र मैलुङ खोलाको शेयर मूल्य बढेर सर्किट लागेको छ। 

Skip This
Skip This
Logo