सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक सयले घटेको हो। आइतबार एक सयले नै बढेको थियो।

गत हप्ता सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। यस्तै मंगलबार पाँच सयले बढेको सुन बुधबार चार सयले घटेको थियो। बिहीबार पाँच सयले बढ्यो। शुक्रबार दुई सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १८० रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo