दसैंपछिकाे पहिलाे काराेबार दिन नेप्से १३.६३ अंकले वृद्धि

दसैंपछिकाे पहिलाे काराेबार दिन नेप्से १३.६३ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

दसैँ बिदापछि आजबाट खुलेको सेयर बजारमा दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से १३ दशमलव ६३ अंकले बढेको हो।

कारोबारको सुरुवाती समयबाट नै बढेको शेयर बजार कारोबारको अन्तिममा आएर १३.६३ अंकले बढ्दै २ हजार ६५३.०१ अंकमा पुगेको छ।

आज कारोबारमा आएका २१८ कम्पनीको ४६ लाख १७ हजार ९४८ कित्ता शेयर १ अर्ब ४५ करोड ४१ लाख ३९ हजार २१८ रुपैयाँमा कारोबार भएको छ। 

यसमध्ये १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ। साथै १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ।

आज सबै भन्दा बढी कमाउनेमा होटेल तथा टुरिजमका लगानीकर्ता रहेका छन् भने म्युच्ल फण्डका लगानी कर्ताले गुमाएका छन्।

Skip This
Skip This
Logo