नबिल बैंककाे डेपुटी सीईओमा मनोज ज्ञवालीकाे बढुवा

नबिल बैंककाे डेपुटी सीईओमा मनोज ज्ञवालीकाे बढुवा

केन्द्रबिन्दु
0
Shares

मनोज ज्ञवाली नबिल बैंक लिमिटेडकाे डेपुटी सीईओमा बढुवा भएका छन्। एक वर्ष अघि नायब महाप्रबन्धको रुपमा नबिलमा गएका ज्ञवालीलाई सोमबार बैंकले डेपुटी सीईओको जिम्मेवारी दिएको हो।

यसअघि नेपाल राष्ट्र बैंकमा पनि काम गरिसकेका ज्ञवालीले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनी चार्टर्ड अकाउन्टेन्ट पनि हुन्। 

सोमबार डेपुटी सीईओको जिम्मेवारी दिँदै बैंकका सीईओ अनिल केशरी शाहले ज्ञवाली सामूहिकतामा काम गर्न रमाउने व्यक्ति भएको बताए । शाहले बैंककाे यस निर्णयले बैंकको लक्ष्य पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

डेपुटी सीईओमा बढुवा भएसँगै ज्ञवालीलाई नबिल बैंकको आगामी सीईओका रुपमा समेत हेरिएको छ। 

आगामी असारमा नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिँदैछ। शाहको कार्यकाल सकिएसँगै डेपुटी सीईओ ज्ञवाली, सुजित शाक्य र विनय रेग्मीमध्ये एकले सीईओको जिम्मेवारी पाउने छन्। 

Skip This
Skip This
Logo