प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो


साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ। 

आजको यस सेसनमा नेप्से परिसूचक शून्य दशमलव १८ अंकले बढेको हो। यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ।

१३ कम्पनीको ९२४ कित्ता सेयर खरिद बिक्री भएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई हजार ५८८ दशमलव सात विन्दुमा बन्द भएको थियो। सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। 

चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।

Logo