यस्तो छ आज तरकारीको बजार भाउ (सूचीसहित)

यस्तो छ आज तरकारीको बजार भाउ (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ। मूल्य विवरणअनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

त्यस्तै, बिहीबार हरियो सागपातमा तोरीको सागको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँदेखि अधिकतम ५० रुपैंयाँ, पालुंगोको साग प्रतिकेजी अधिकतम ७० देखि ८० रुपैयाँ, रायोको साग न्यूनतम ५० देखि अधिकतम ६० रुपैयाँ, चमसुरको साग ११० रुपैयाँ कायम भएकाे छ। आज स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैंयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ कायम भएको छ। 

कागती प्रतिकेजी १५० रुपैयाँ, किवी २३५ रुपैयाँ, कुरिलो प्रतिकेजी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ रहेको छ। त्यस्तै, आज लोकल गाँजर १३० रुपैयाँ, गुन्द्रुक प्रतिकेजी २२५ रुपैंयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो (लोकल) ३७ रुपैयाँ ५० पैसा,  सिमी ३५ रुपैयाँ, घिरौंला ४५ रुपैयाँ,चिचिण्डो २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ।न्युज कारखाना

Skip This
Skip This
Logo