डिशहोम फाइबरनेटको ४० एमबिपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा

डिशहोम फाइबरनेटको ४० एमबिपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा


डिशहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाइदाको आइपिटिभी” सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानीमा आइपिटिभी सित्तैमा पाउनेछन्। डिशहोम  फाइबरनेटको ४० एमबिपिएसको एकवर्षका लागि ग्राहकले भ्याट बाहेक रु १२ हजार ९९९ खर्चनु पर्ने हुन्छ। 

ग्राहकले यसबापत इन्टरनेट र आइपिटिभीको बार्षिक सस्क्राइबसनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन्।

साथै डिशहोम फाइबरनेटले यस अघिनै १०० एमबिपिएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराइरहेको छ।

Logo