‘उपलब्धि गरे पनि सरकारको किन आलोचना मात्रै ?’ : राज्यमन्त्री मानन्धर

‘उपलब्धि गरे पनि सरकारको किन आलोचना मात्रै ?’ : राज्यमन्त्री मानन्धर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि आलोचना मात्र भएको बताएका छन् ।

साधना कला केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरुपमा आलोचना हुने गरेको गुनासो गरेका हुन् । कोभिड–१९ को महामारी रोकथाम गर्न जनताको साथको आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न जनताको साथ अपरिहार्य छ ।” करिब १० लाखको पिसिआर परीक्षण गर्दा राज्यको ठूलो रकम सकिएको तर नियन्त्रणमा ल्याउन कठिनाई भएको उनको तर्क थियो ।

सो अवसरमा मन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेका थिए । जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरेकी थिइन् । दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा.मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौँका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरे । साधना कला केन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारले सहभागिता जनाएका थिए ।

Skip This
Skip This
Logo