यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ। 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा  छ। 

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०२ पैसा र बिक्री दर १३० रुपैयाँ ६७ पैसा राष्ट्र बैंकले जनाएको छ।

बुधबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५५ पैसा राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ पैसा छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९० पैसा र बिक्री दर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै,  मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ छ। 

Logo