डिजिटल नेपालको अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नु पर्छः गभर्नर अधिकारी

डिजिटल नेपालको अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नु पर्छः गभर्नर अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन्। 

बिहीवार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्। उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्ने बताउनुभयो । उनले क्यूआर कोर्ड मार्फत् भुक्तानी गर्दा समयको वचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने बताए।

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उनले क्यूआर कोर्डको महत्व नेपालको  राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए।

Skip This
Skip This
Logo