काँग्रेस नेता महतको पुस्तक ‘नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित

काँग्रेस नेता महतको पुस्तक ‘नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतद्वारा लिखित ‘नेपालको अर्थराजनीतिःपरीक्षण, कम्पन र आशा’ पुस्तक प्रकाशित भएको छ ।

केही महिना अघि सार्वजनिक गरिएको डा. महतको ‘ट्रियल्स, ट्रेमोर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेम्पोररी नेपाल’ नामक अङ्ग्रेजी पुस्तकलाई नेपाली भाषामा प्रकाशित गरिएको हो । पत्रकार गजेन्द्र विष्टले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गरेका हुन् ।

यस पुस्तकको अङ्ग्रेजी संस्करणलाई भारतको एड्रोइट पब्लिसर्सले प्रकाशनमा ल्याएको थियो । पुस्तकलाई नेपालीमा प्रकाशित गरी नेपाली पाठकको पहुँचसम्म पुर्याइदिएकोमा लेखक डा महतले मकालु प्रकाशन गृहलाई धन्यवाद दिएका छन् । प्रकाशन गृहका अध्यक्ष वासुदेव ढकालले पूर्वअर्थमन्त्री तथा काँग्रेसका नेता डा महतको पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कोभिडको महामारी र प्रतिकूलताबीच पुस्तकलाई सर्वसाधारणको पहुँचमा पुर्याइने बताए ।

पुस्तकमा विभिन्न १२ वटा अध्याय समावेश गरिएको छ । समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विकास र आधुनिक विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका विभिन्न पक्षका बारेमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरुको यथार्थ र तथ्यका आधारमा समीक्षा एवं विश्लेषण गर्ने प्रयास गरिएको छ । विगतका विभिन्न राजनीतिक परीक्षण तथा अन्य घट्नाक्रमलाई पनि समेटिएको छ ।

Logo