सामलिङ पावरको आइपीओ भोलि बाँडफाँट हुने

सामलिङ पावरको आइपीओ भोलि बाँडफाँट हुने

केन्द्रबिन्दु
0
Shares

गत कार्तिक ४ देखि ८ गतेसम्म आइपिओ खुलाएको सामलिङ पावर कम्पनीको आइपीओ भोलि (मंगलबार) बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले भोलि बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने जानकारी दिएको छ।

कम्पनीको आइपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए। कम्पनीले सर्वासाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर खरिदमा मागभन्दा ३९ दशमलव ६७ गुणा बढी आवेदन परेको हो। कम्पनीले कात्तिक ४ गते देखि ८ गते सम्म ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो।

जसमध्ये १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुको लागि ,३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। 

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँचहजार हुने जनाइएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ।

Skip This
Skip This
Logo