नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ ।
तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुँईचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढि मानिसहरूको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन् ।
उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन् । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन् । उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे ।
टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दसैँ र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।





























प्रतिक्रिया