प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जाेडिए, सौर्यले थाल्याे भैरहवा-विराटनगर नियमित उडान

प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जाेडिए, सौर्यले थाल्याे भैरहवा-विराटनगर नियमित उडान

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जाेडिएका छन्। सौर्य एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सिधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन्।

सौर्यले सोमबारबाट लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो। बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र द्वयसहरको पर्यटन विकासमा सहजीकरण गर्न दैनिक एउटा उडान राखिएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए। 'अहिले सुरुवात गरेका छौँ, यात्रुको माग बढेमा दैनिक २-३ वटा उडान सञ्चालन गर्न सकिनेछ,' अध्यक्ष पोखरेलले भने।

८ वर्षदेखि सेवा दिँदै आएको एयरलाइन्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्याेगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सिधा उडान भरेका थिएनन्। सौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ।

Skip This
Skip This
Logo