सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा  बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

बुधबार चाँदीको मूल्य स्थिर भएको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। मंगलबार पनि सोहि मूल्य नै कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २५० पैसा कायम भएको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo