यस्ता छन् नाडा अध्यक्षका उमेद्वार थापाले सार्वजनिक गरेका प्रतिबद्धता

यस्ता छन् नाडा अध्यक्षका उमेद्वार थापाले सार्वजनिक गरेका प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

अटोमोबाइल ब्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आगामी मंसिर २२ र २३ गते साधारणसभा हुँदैछ। 

२ वर्षे कार्यकाल रहने नाडाको नयाँ नेतृत्वका लागि अध्यक्षमा हालका कार्यसमित उपाध्यक्ष करणकुमार चौधरी र यसअघिका उपाध्यक्ष ध्रुब थापाबीच प्रतिश्पर्धा हुने भएकाे छ। उनीहरुले यसअघि नै अध्यक्षमा आफूहरुको दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष थापाले आफूलाई विजयी गराउन व्यवसायीमाझ औपचारिक आह्वान गरेका छन् । थापाले आफू विजयी भएमा नाडामा आफूले खेल्ने भूमिका समेटी ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन्। नाडामा आफू २१ वर्ष देखि कार्यरत रहँदै आएको र २ पटक उपाध्यक्ष भैसकेका कारण यसपाली आफूले नेतृत्व पाउनुपर्ने उनकाे दाबी छ।

उनले आफू नेतृत्वमा चयन भए नाडामा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, अटोलोनको सीमा बढाउन पहल गर्ने, सवारीसाधन निर्माण र एसेम्बलमा प्रस्ट खाका निर्माण गर्ने, सवारीसाधनलाई अत्यावश्यक साधनको सूचीमा राख्न पहल गर्ने र नीतिगत लबिङ गर्न छुट्टै समितिको स्थापना गर्ने पनि उनले  सार्वजनिक गरेकाे प्रतिबद्धता पत्रमा उल्लेख छ।

यस्तै उनले नाडाको सचिवालय सुधार गर्ने बताएका छन्। यसअन्तर्गत नाडाको काम पारदर्शी बनाउन र हरेक सदस्यको गुनासो सुन्न सक्नेगरी सचिवालय सुधार गर्ने, हेल्प डेस्क सञ्चालन गर्ने, समितिहरुले गरेका निर्णयका बारेमा जानकारी दिन प्रविधिको प्रयोग गर्ने र नाडाको आफ्नै भवन निर्माण थाल्ने लगायत बुँदाहरु उल्लेख गरेका छन्।

 थापाले प्रतिबद्धताको नाडा अटो शोलाई प्रदेशस्तरमा समेत अयोजना गर्ने र अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त गर्न यसको प्याटेन्ट दर्तासमेत गर्ने उल्लेख गरेका छन्। 

प्रतिबद्धताको अर्काे बुँदामा उनले सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका तालिम, सेमिनार र गोष्ठीहरु प्रदेश स्तरमा अयोजना गर्ने र हरेक प्रकारका सवारीसाधन, स्पेयर पार्ट्स, टायर लगायत कम्पोनेन्ट, राजस्व, रोजगारी र सडक पूर्वाधार लगायत विषयहरुको वास्तविक तथ्यांक उपलब्ध गराउन डाटा हब निर्माण गरिने प्रतिबद्धता पनि उनले जनाएका छन्। नाडालाई सामाजिक उत्तरदायित्वमा समेत सक्रिय पार्ने थापाले बताएका छन्।

Skip This
Skip This
Logo