विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्तको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

२९ कात्तिकमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पुँजीको २० दशमलव ०३१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधीले पाउनेछन्। 

लघुवित्तको हाल चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ छ। सेयरधीलाई २० दशमलव ०३१ प्रतिशतका दरले पाँच करोड ३४ लाख दुई हजार ५१५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ।

Skip This
Skip This
Logo