सेयर बजारमा देखिएन नेपाल बन्दको असर, ६९ अंकले वृद्धि

सेयर बजारमा देखिएन नेपाल बन्दको असर, ६९ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

मंगलबार सेयर बजार परिसूचक नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा बन्द भएको छ। आज भएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे बन्दले बजारमा कुनै पनि असर देखिएकाे छैन् ।

सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा आएर करिब ७० अंकले बढेर बन्द भएको छ भने  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । । सेन्सिटिभ इन्डेक्स १४.९२ अंकले बढेर ५२१.४६ अंकमा बन्द भएको छ।

आज बजारमा १ करोड ९३ हजार २२१ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८४६ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ।

आज नेप्सेमा २२७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७१ कम्पनीको  सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ। आज १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज सबै भन्दा बढी कमाउने मा  अन्य उपसमूह ५.९१ प्रतिशत, हाइड्रोपावर ५.९१ प्रतिशत, र फाइनान्स उपसमूह ३.२१ प्रतिशत रहेको छ ।

Logo