नाडाकाे निर्वाचन सम्वन्धी सूचनामा अध्यक्षका उम्मेद्वार थापाकाे आपत्ती, अध्यक्ष दुलाल भन्छन्, ‘सबै विधान सम्मत नै छ’

नाडाकाे निर्वाचन सम्वन्धी सूचनामा अध्यक्षका उम्मेद्वार थापाकाे आपत्ती, अध्यक्ष दुलाल भन्छन्, ‘सबै विधान सम्मत नै छ’


नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले यस अघि जारी गरेको निर्वाचन सम्बन्धी सूचनामा अध्यक्षका उम्मेद्वार धुब्र थापाले आपत्ती जनाएका छन्। नाडाको विधानमा समेत उल्लेख नभएको निर्वाचन प्रतिनिधी मनोनयन दर्ता सम्बन्धी ब्यवस्थामा नाडाले एकतर्फी सूचना जारी गरेको भन्दै उनले आपत्ती जनाएका हुन्।

आफ्नो माहोलमा चुनाबी बातावरण बन्दै गएको देखेपछि आफूविरुद्ध षडयन्त्र सुरु भएको भन्दै थापाले नाडाको वर्तमान नेतृत्वमाथि गम्भीर आरोपसमेत लगाएका छन्। 

केन्द्रबिन्दुसँग कुराकानी गर्दै उनले भने, ‘नाडाबाट हिजो जारी भएको सूचना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। केही दिन यता देशभरीका ब्यवसायी मतदाताहरु सचेत हुँदै पहिले बुझाएको प्रतिनिधि मनोनयन फिर्ता गरेर स्वयं उपस्थित भइ हाम्रो समूहलाई मतदान गर्ने सम्भावना बढेसँगै सो रोक्नका लागि यो बदनियतपूर्ण सूचना जारी भएको प्रष्ट देखिन्छ। यो सूचनाले मोफसलमा रहेका नाडाका ब्यवसायी मतदाताहरुको आफैं उपस्थित भइ मतदान गर्ने अधिकारलाई कुन्ठित पारिएको छ भने नाडाको बिधान तथा निर्वाचन नियमावलीको समेत विपरित छ।

उनी भन्छन्, 'कुनै कम्पनीले मतदान गर्नको लागि कुनै ब्यक्तिलाई प्रतिनिधि तोकि पठाउन सक्छ भने सो कम्पनीले उक्त प्रतिनिधि परिवर्तन गरि अर्को पठाउने वा हटाउने अधिकार पनि रहेको हुन्छ तर नाडाले जारी सूचनामा सो गर्न बन्देज लगाइएको तथा आफैं उपस्थित भइ मतदान गर्ने हकमा समेत परिवर्तन गर्नु पर्दा नाडा कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने लगायतका विधान तथा निर्वाचन नियमावलीमा भन्दा बाहिरका कुराहरु उल्लेख गरि अनेक प्रकारका नियमहरु आफैं बनाइ निष्पक्ष निर्वाचनलाई प्रभावित पार्ने प्रयास थालिएको बुझिन्छ। साथै केही दिन यतादेखि नाडा सचिवालयका कर्माचारीहरुलाई समेत निष्पक्ष ढंगबाट काम गर्न नदिइ उनीहरुलाई डर, धाक र धम्की दिई फर्जी (नक्कली) प्रतिनिधि पत्र दर्ता गर्न समेत लगाउने गरिएको बुझिन आएको छ। यस्ता निष्पक्ष निर्वाचनलाई प्रभावित पार्ने अबान्छित गतिबिधी तत्काल रोक्नको लागि नाडाको वर्तमान नेतृत्वलाई सचेत गराउन चाहन्छु।’

यद्यपी नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने आफूहरुले नाडाको विधान र निर्बाचन नियमावली अनुरुप नै सूचना जारी गरेको जिकिर गरेका छन्।

उनले आफू कुनै पनि उम्मेद्वारको पक्ष वा विपक्षमा नलागी विधान र नियमावली अनुसार चलेकाे भन्दै यसमा विवाद गर्नुकाे अर्थ नरहने उनको भनाइ छ।

Logo